त्रिविका परीक्षार्थीले पाउने भए कोरोनाविरुद्धको खोप


काठमाण्डु- सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने भएको छ ।

बुधबार स्वास्थ्य सचिवस्तरीयको बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय गरेको हो ।

त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । उनका अनुसार खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्नेछ ।

काठमाण्डुको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् । त्रिविले हाल स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement