कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी


इस्लामावाद –  न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनु भएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन् ।

देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उनले जानकारी दिए । ती अदालतहरु जिल्ला तथा शुरु तहका अदालतहरु पनि रहेका छन् ।  बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उनले बताए ।

बारका सचिव मिर्जाले सङ्क्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिनुभयो । पाकिस्तानमा शुक्रबारसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको संख्या तीन लाख ३२ हजार १८६ रहेको छ ।

त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।-एएनआई

प्रतिक्रिया दिनुहोस
Advertisement