६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु


काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार २० जनाको परीक्षण गर्दा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी आज देशभर ६ सय २२ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार दुई सय ९६ पुगेको मन्त्रालयले जनाएको छ । आज ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement