नेपालमा कोरोना सक्रमणदर ह्वात्तै बढ्यो, एकैदिन ५ हजार ८७ जनामा संक्रमण पुष्टि


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४७४ र एन्टिजेन विधिबाट ७ हजार ८६ जनामा परिक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

यस्तै, आज थप ३०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ को मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१३ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement