टिचिङका ३८ जना चिकित्सक र नर्सलाई क्वारेन्टाइनमा राखियो


काठमाडौं – शल्यक्रिया गर्न भर्ना भएकी ६ वर्षीया बालिकालाई कोरोना संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ) का ३८ जना चिकित्सक र नर्सलाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको न्यूरो वार्डमा रहेका न्यूरो वार्डमा रहेका पाँच जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।

उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको छ । कपिलवस्तु स्थायी घर भएकी बालिका नाक कान घाँटीमा समस्या आएपछि शल्यक्रिया गर्न अस्पतालमा भर्ना भएकी थिइन् ।

आज बिहान स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै काठमाडौं चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुष र ती बालिकमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ पुगेको । जसमध्ये ३५ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement