शनिबार ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ३६ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४१२ र एन्टिजेन विधिबाट ४ हजार १४४ जनामा परिक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४९ हजार २०४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०४१ जना पुगेको छ । आज थप ३५० जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १६ हजार ३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ को मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१७ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement