आइतबार ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।  आज देशभर ४३५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement