आइतबार ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण गर्दा ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

९ हजार ९१० पीसीआर परीक्षण गर्दा ३ हजार ४९ मा संक्रमण पुष्टि भएको र ३ हजार २३५ मा एन्टिजेन परीक्षण गर्दा ४९१ मा पोजिटिभ देखिएको छ । आज देशभर ६ हजार ३५९ जना कोरोना संक्रमित निको भएका छन् । संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । माघ १३ गतेदेखि १६ गतेसम्‍म वीरेन्द्र अस्पतालमा १२ जना र बाँकी २० जना विभिन्‍न अस्पतालमा गरी ३२ जनाकाे मृत्‍यु भएको प्रवक्ता डा. संगीता मिश्राले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement