बुधबार २२४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको पीसीआर र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर २५१ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement