शुक्रबार थप ३७२९ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनामा नमुना परीक्षण गर्दा ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ । आज देशभर १८८५ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement