मंगलबार २५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर २ हजार ८६ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । हाल सम्म  नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement