मंगलबार १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

मंगलबार १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार ७८६ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ । हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन् ।