शुक्रवार १७५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर २ हजार २७४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । त्यसैगरी आज देशभर कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement