कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो


काठमाण्डु – नेपालमा पछिल्लो केहि दिनयता कोरोना संक्रमण दर घट्दै गएको छ । यसअघि २० प्रतिशत संक्रमण दर रहेकोमा आज घटेर १३ दशमलव ६६ प्रतिशतमा पुगेको छ । पछिल्लो समय संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढ्न थालेको हो  ।  पछिल्लो २४ घण्टामा एक हजार ९ जनामा सङ्क्रमण पुष्टि हुँदा एक हजार पाँच सय ३४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सात हजार नौ सय ७१ जनाको नमूना परीक्षण गर्दा एक हजार ८९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना निको भएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८३ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement