बिहीवार १२७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ जनाको परीक्षणमा पीसीआर विधिबाट १ हजार ५८ जना र एन्टिजेन विधिबाट २१३ जना गरि कुल १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर १ हजार ८४५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृतकको कुल संख्या १० हजार ९०३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement