बुधबार १७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३३२ जना र ४ हजार ३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाण्डु उपत्यकामा ४९५ संक्रमित छन् । काठमाण्डुमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर १ हजार २२० जना कोरोना संक्रमित निको भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement