काठमाण्डु – भुटानले दिएको झण्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाण्डु आइपुगेको छ । शुक्रबार बिहान भुटानको डुक एयरलाइन्सले झण्डै तीन लाख डोज खोप लिएर आएको हो ।
भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको छ । भुटानबाट आएको खोप नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका जेष्ठ नागरिकलाई दिइने छ ।
प्रतिक्रिया