सय दिनमा १० करोडलाई खोप दिने बाइडनकाे बाचा


एजेन्सी-  अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पद सम्हालेको  सय दिाभित्र १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए।

जनवरी २० मा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई ‘ सयदिसम्म मास्क लगाउन’ आग्रह समेत गरे।

मंगलबार नै अमेरिकी नियामकले फाइजर/बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ। त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ। खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजर/बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो।

यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो। औपचारिक निर्णयका लागि एफडिएले बिहीवार एउटा बैठक गर्दैछ।

प्रतिक्रिया दिनुहोस
Advertisement