भारतमा २४ घण्टामा साढे दुई लाख जनामा कोरोना संक्रमण पुष्टि


एजेन्सी – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा संक्रमितको संख्या तीव्र बढिरहेको छ । पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण देखिएको जनाइएको छ ।

भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन पुष्टि भएको छ । भारतमा कुल संक्रमितको ४ दशमलब १८ प्रतिशत सक्रिय संक्रमित छन् । पछिल्लो साता दक्षिणी राज्य केरला, महाराष्ट्र र पश्चिम बंगाल कोभिडबाट प्रभावित छ । कोभिड बढेपछि भारतका विभिन्न सहरहरूमा रात्रिकालीन कफ्र्यु लगाइएकाे छ।

प्रतिक्रिया दिनुहोस
Advertisement