नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो


काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । आज २० जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ५ सय ७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार कैलालीमा तीन जना १९, २३ र २६, डडेल्धुराका २८, मोरङको रतुवामाईका १, बैतडीका र १४ जनाका संक्रमित रहेका छन् । बाँकेका १४ जना १८ देखि ६१ वर्षका पुरुष रहेका छन् ।

शुक्रबारसम्म ७० जना संक्रमितको उपचारपछि डिस्चार्ज भएका छन् । तीन जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement