काठमाडौंका चार स्वास्थ्यकर्मीसहित एकैदिन थपिए २८८ जना कोरोना संक्रमित


काठमाडौं – आज नेपालमा २८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २७० जना पुरुष र १८ जना महिला रहेका छन् । संक्रमितमध्ये काठमाडौंका चार जना स्वास्थ्यकर्मी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

संक्रमित चिकित्सक काठमाडौं मेडिकल कलेजका रहेका छन् । संक्रमितमा २४ देखि ३२ वर्षका तीनजना महिला र एकजना २८ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनबाट उक्त जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा कूल संक्रमितको संख्या २०९९ पुगेको जानकारी दिए ।

प्रवक्ता देवकोटाले रौतहटका ७४, सुर्खेतका २७,सर्लाहीका २१, सल्यानका १८, स्याङ्जाका ५, सिरहाका १७,दाङका १७, बाँकेका १‍७, कपिलवस्तुका १६,रूपन्देहीका १०,कैलालीका १०, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, दैलेखका ९, अछामका १०, कन्चनपुरका ८, धनुषाका ६, काठमाडौं मेडिकल कलेजका ४ जना, नुवाकोटका २,महोत्तरीका २, बाराका १, प्युठानका १, भक्तपुरका १, धादिङका १, नवलपराी पूर्व १ नवलपरासी पश्चिमका १ संक्रमित थपिएको जानकारी दिए ।

उनले आइसोलनमा रहेका कोरोना संक्रमितको संख्या १८२५ जना रहेको उनले बताए । त्यस्तै डिस्चार्ज भएका व्यक्तिको संख्या २६६ रहेका छन् । कोरोना संक्रमणबाट अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement