कोरोना भाइरसको महामारीः इटाली पुरै देश बन्द !


रोम – इटालीले कोरोना भाइरसबिरुद्धको प्रयासलाई विस्तार गरेको छ । यसमा पुरै देशमा भ्रमणमाथिको प्रतिबन्ध र सार्वजनिक स्थलमा भेला हुन प्रतिबन्ध लगायतका विषयहरु समावेश छन् ।

सोमबार प्रधानमान्त्री गीउसेपे कोन्टेले मानिसहरुलाई घरभित्रै बस्न र अत्यावसकिय भ्रमणका लागि अनुमती लिनका लागि आग्रह गरेका छन् ।

यस किसिमको प्रयास सर्वाधिक कमजोरको रक्षा गर्ने किसिमबाट आएको उनले बताए । “हामीसँग थप समय छैन,” टेलिभिजनलाई गरेको सम्बोधनमा उनले बताए ।

सोमबार इटालीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३६६ बाट ४६३ पुगेको थियो । इटाली चीनपछि सर्वाधिक प्रभावित मुलुक हो । संक्रमणको पुष्टि भएकाको संख्या पनि आइतबारबाट २४ प्रतिशतले वृद्धि भएको आधिकारिक तथ्यांकले देखाएको छ ।

२० इटालियन क्षेत्रमा भाइरसको पुष्टि भइसकेको छ । कोन्टेले उत्तम उपाय भनेकै घरभित्रै बस्नु रहेको बताएका छन् ।

‘हामीले संक्रमण र ज्यान जानेको संख्यामा ठूलो वृद्धि भएको पाएका छौ,’ सम्बोधनमा उनले भने, ‘इटालीको पुरै क्षेत्र संरक्षितमा आउन सक्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement