काठमाडौंका ७ वर्षीय बालकसहित ३ जना कोरोना संक्रमित थपिए


काठमाडौं – नेपालमा थप तीन जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं दहचोकका सात वर्षीय बालकसहित तीन जनामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सबै जना अस्पतालमा चिकित्सकको निगरानीमा रहेको बताएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement