कोरोना आशंकित महिलाकोे मृत्यु भएपछि धुलिखेल अस्पताल सिल गरियो


काठमाडौं – उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल शनिवार (आज) सिल गरिएको हो ।

टिचिंग अस्पताल काठमाडौंमा ८ दिन अघि सुत्केरी भएकी र घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

धुलिखेल अस्पतालले मृत्युवारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुन परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement