कोरोना महामारी : इटालीमा एकै दिन ७४३ को मृत्यु


एजेन्सी- विश्व महामारी कोरोना भाइरस (कोभिड–१९०) संक्रमणबाट इटालीमा एकै दिन ७४३ को मृत्यु भएको छ। यससँगै इटालीमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ हजार ८२० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ।

चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा ६९ हजार १७६ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ८ हजार ३२६ निको भएका छन्।

अमेरिका अर्को इपिसेन्टर बन्ने डब्लूएचओको चेतावनी
चीन र इटालीपछि अमेरिकामा बढी संक्रमण पुष्टि भएको छ। मंगलबार अबेरसम्मको तथ्यांक अनुसार अमेरिकामा ५३ हजार ७४० संक्रमण पुष्टि भइसकेको छ।

तीव्र रूपमा संक्रमितको संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले अमेरिका चीन र इटालीपछि अर्को इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको छ।

अमेरिकामा हालसम्म ७०६ ले ज्यान गुमाइसकेका छन् भने ३४८ निको भएका छन्। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

धेरै प्रभावित देशको आँकडा
चीन– संक्रमित : ८१,५९१  मृत्यु: ३,२८१ निको: ७३,२८०
इटाली– संक्रमित: ६९,१७६  मृत्यु: ६,८२०  निको: ८,३२६
अमेरिका– संक्रमित: ५३,७४०    मृत्यु: ७०६   निको: ३४८
स्पेन– संक्रमित: ३९,८८५  मृत्यु: २,८०८   निको: ३,७९४
जर्मनी– संक्रमित: ३२,९८६  मृत्यु: १५७   निको: ३,२४३
इरान– संक्रमित: २४,८११      मृत्यु: १,९३४   निको: ८,९१३
फ्रान्स– संक्रमित: २२,६२२  मृत्यु: १,१०२  निको: ३,२८८
द. कोरिया– संक्रमित: ९,०३७  मृत्यु: १२०  निको: ३,५०७
बेलायत– संक्रमित: ८,१६४  मृत्यु: ४२३   निको: १४०
भारत– संक्रमित: ५३६   मृत्यु: १०  निको: ४०
नेपाल– संक्रमित: २     मृत्यु: ०  निको: १

प्रतिक्रिया दिनुहोस
Advertisement