थप १७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४४४ पुग्यो


काठमाडाैं – नेपालमा काेराेना संक्रमितकाे संख्या ४४४ पुगेकाे छ । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला विराटनगरमा गरीएकाे परिक्षणमा थप १७ जनामा काेराेना पुष्टी भएकाे हाे ।

बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले थप १७ जनामा कोरोना भेटिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाकाे कचनकवल गाउँपालिका- ३,६,८ का १८, १८, १९, १९, २२, २३,२३, २५, २६, २६, २८, ३०, ३२,  ३७ र ४६ वर्षका पुरूष रहेका छन् । त्यस्तैगरि, धनकुटाका ३४ वर्षीय पुरूष, सुनसरीको धरान उपमहानगरपालिका निवासी  ५१ वर्षीया महिला रहेका छन् ।

उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement