कोरोना संक्रमणबारे अफवाह फैलाउने कारबाहीका भागिदार

कोरोना संक्रमणबारे अफवाह फैलाउने कारबाहीका भागिदार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमणले मानव अस्तित्वमै संकट सिर्जना गरेका बेला आम सञ्चारका माध्यमले पत्रकारिताको मूल मर्मलाई कसरी पछ्याए भन्ने विषयमा नेपाल प्रेस काउन्सिलले नजिकबाट नियालिरहेको छ ।

न्युज ब्रेकिङ गर्न हरेक पत्रकारलाई इच्छा र चाहना हुन्छ । यस्तो बेलामा नियमित सूचना दिने व्यक्तिले पनि आफ्नो स्वार्थ राखेर या सूचनाको यथार्थ नबुझी हलुकारूपमा सूचना दिने गरेका छन् ।

पत्रकारले यस्तो अवस्थामा हतारिएर हैन समाचारलाई भेरिफाइ गरेर मात्र सम्प्रेषण गर्नुपर्नेमा त्यसो गर्न चुकेको भन्ने नेपाल प्रेस काउन्सिलको रिपोर्टले देखाउँछ । नेपाल प्रेस काउन्सिलले कोरोना संक्रमणका विषयमा प्रकाशित समाचारमाथि जेठ ३ गतेसम्म गरेको अनुगमन र कारबाहीको लिस्टले पुष्टि गरेको छ ।

यो अवधिमा अफवाह फैलाउने युट्युब च्यानलबारे साइबर ब्युरोमा २ वटालाई पत्राचार गरिएको छ । त्यस्तै प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा एउटा मिडियाको नाम सिफारिस गरिएको छ ।

त्यसै गरी कोरोना संक्रमणसम्बन्धी समाचारबारे १४ वटा उजुरी परेको छ । त्यस्तै नेपाल दूर सञ्चार प्राधिकरणले नेपालभित्र प्रकाशन, प्रसारण हुन नसक्ने गरी ५८ वटा वेबसाइट बन्द गराएको छ ।

समाचार संम्प्रेषणमा आचारसंहिताको पालना नगरी समाचार प्रकाशन, प्रसारण गर्ने ८८ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण, जवाफ माग गरिएको, सचेत, ध्यानाकर्षण गराएको नेपाल प्रेस काउन्सिलले जनाएको छ ।

कोरोना संक्रमणका समाचार सम्प्रेषणमा भएका त्रुटिहरू केलाउने हो भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक कोरोना संक्रमित भनी सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेकामा कुनै पनि चिकित्सक संक्रमण नभएको भन्दै त्रिवि शिक्षण अस्पतालले तत्कालै विज्ञप्ति निकालेर स्पस्ट पार्नुपरेको थियो ।यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।