कोरोना सङ्क्रमित भन्दा निको हुने बढे


काठमाण्डु – पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार काठमाडौंँमा सातसहित ११६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर परीक्षण भएको छ ।

उहाँले हालसम्म दुई लाख ९८ हजार ८२९ को पीसीआर परीक्षण गरिएको बताउनुभयो । गौतमले हालसम्म आइसोलेसनमा छ हजार ११३ जना रहेको जानकारी दिनुभयो । हालसम्म डिस्चार्ज हुनेको जम्मा सङ्ख्या ११ हजार २५ पुगेको छ । यस्तै छ हजार ११४ सक्रिय कोरोना सङ्क्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । देशभरका क्वारेन्टाइनमा २४ हजार ५२७ जना रहेको उहाँले बताउनुभयो । गौतमले थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement