कोरोना निको हुनेको सङ्ख्या उच्च


काठमाडौँ –  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कम हुन थालेसँगै सङ्क्रमित निको हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७०५ जना व्यक्ति कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कुल डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले हालसम्म ६० दशमलब ७ प्रतिशत डिस्चार्ज भएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता गौतमले छ हजार ६१३ सक्रिय कोरोना सङ्क्रमित रहेको बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभर १४४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

प्रवक्ता प्रा.डा. गौतमले १४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुहुँदै कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ९४५ पुगेको बताए। प्रवक्ता गौतमले पछिल्ला २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा पाँच हजार ८५६ व्यक्तिको पीसीआर परीक्षण भएको बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement