कोभिड-१९ महामारी रोक्न घर नै सुरक्षित


काठमाडौं- कोरोना भाइरसले नेपालमा दोस्रो व्यक्ति पनि संक्रमित भएको समाचार सोमबार सार्वजनिक भएपछि आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न सरकारले गरेको अनुरोधलाई आमजनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ।

जनस्वास्थ्यका विज्ञहरू सरकारी अनुरोधलाई आमजनसमुदायले गम्भीर रूपमा नलिएको भन्दै चिन्ता व्यक्त गर्छन्।सरकारले सकेसम्म घरबाट ननिस्कन र सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेको छ।कोरोनाको सम्भावित महामारी रोक्न यो सातादेखि सातै प्रदेश र विभिन्न सहर सेमी लकडाउनको स्थितिमा छन्।

सोमबारबाटै चिनियाँ र भारतीय सबै नाकाबाट नेपाल प्रवेश गर्न बन्देज गरिएको छ भने कोभिड–१९ बाट प्रभावित ५० देशबाट हवाई मार्ग हुँदै नेपाल आउन रोक लगाइएको छ।राजधानी सहरका विभिन्न स्थानमा आवतजावतमा कमी आए पनि मानिसहरू झुन्डझुन्ड बनेर बस्ने स्थितिमा भने कमी आएको छैन।रेस्टुरेन्ट,पत्रिका पसल, सार्वजनिक यातायात, किराना पसल र सडकहरूमा बेपर्वाह र असुरक्षित रूपमा मनिसहरूको भीडले कोरोना संक्रमण विस्तार हुन सक्ने चिन्ता विज्ञहरूको छ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement