अपरेशन प्रमुख लिएर प्रधानसेनापति थापा भारत भ्रमणमा जांदै 


काठमाडौं – प्रधानसेनापति पुर्णचन्द्र थापा भारत भ्रमणमा जाने भएका छन् । विम्स्टेक राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यासको उद्घाटन समारोहमा सहभागी हुन थापा भारत जाने भएका हुन् ।

सेनापति थापा यही भदौ २९ मा भारत जाने टुंगो लागेको हो । थापाको नेतृत्वमा ५ सदस्यिय प्रतिनिधि मण्डल भारतको पुने जाने भएको हो ।

भ्रमण दलमा नेपाली सेनाका सैनिक युद्धकार्य महानिर्देशक (डिजिएमओ) प्रभुराम शर्मा समेत सहभागी छन् । सेनापति थापाको आगामी असोज १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसपटकको भारत भ्रमणमा थापालाई मानार्थ सेनापतिको दज्र्यानी चिन्ह लगाउने भनिएपनि समय अभावले उक्त कार्यक्रममा उनि सहभागी नहुने निश्चत भएको छ । नेपाली सेना र भारतिय सेनाबीच मानार्थ सेनापतिको दज्र्यानी चिन्ह लगाउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement