मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति पुन


काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक इन्जिनियरिङको नक्सा पूरा भई मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताएका छन् ।

नेपाल इन्जिनियर्स एशोसियसनको १५ औँ राष्ट्रिय सम्मेलनका उद्घाटन गर्दै उनले प्राविधिकले राम्रो काम गरेपनि कतिपय कमजोरीले पुल भत्कने, सडकको कालोपत्र उप्कने जस्ता समस्या आउने उल्लेख गरे ।

उत्पादनशीलको पनि आधाले मात्र काम गर्ने भएकाले २२ प्रतिशत जनसंख्याले ७८ प्रतिशतलाई पालेको उनले बताए । आयात बढेर निर्यात घट्दा आर्थिक विकासमा असर पुगेकाले इन्जिनियरले उद्योग धन्दा खोल्न खाका कोर्नुपर्ने सुझाव पनि उनलृ दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement