नक्कली भुटानी शरणार्थी मुद्दा : बेचन झाको मिसिल झिकाउन सर्वाेच्चको आदेश

नक्कली भुटानी शरणार्थी मुद्दा : बेचन झाको मिसिल झिकाउन सर्वाेच्चको आदेश


काठमाण्डु – नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका बेचन झासँग सम्बन्धित मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

झाको मुद्दामा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको छ ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेकोमा माघ ३ गते पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।