प्रधानमन्त्री विरुद्धको अवहेलना मुद्दामा कारण पेश गर्न सर्वाेच्चको आदेश

प्रधानमन्त्री विरुद्धको अवहेलना मुद्दामा कारण पेश गर्न सर्वाेच्चको आदेश

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले कारण पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले आईतबार मुद्दाको प्रारिम्भक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले माघ २९ गते प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेकोमा आईतबार सुनुवाइ भएको छ । अर्यालले निवेदन संवैधानिक इजलासबाट जारी भएको परमादेश कार्यान्वयनमा अवरोध गरिएको विषयमा रहेकाले सुनुवाइ पनि सोही इजलासमा हुनु उचित हुने माग गरेका थिए । निवेदनमा भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोप छ ।

सर्वोच्च कार्यकारी अधिकारको कपटपूर्ण प्रयोग गरी संवैधानिक प्रणालीप्रति विश्वासघात गरेको भन्दै प्रधानमन्त्री ओली पदमुक्त हुन सक्ने गरी आदेश दिन निवेदक अर्यालले माग गरेका छन् ।