श्रीमती र छोरा बेच्नेलाई ३८ वर्ष कैद


काठमाडाैं—दैलेख जिल्ला अदालतले आफ्नै श्रीमती र छोरालाई बेचेको मुद्दामा ३८ वर्ष कैद फैसला गरेकाे छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो ।  पुरीलाई आइतबार तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो ।

न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज उक्त फैसला सुनाइएको हो । उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद भएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement