अख्तियारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी


काठमाडौं— सर्वोच्च अदालतले पटकपटक ताकेता गर्दा पनि भ्रष्टाचारसम्बन्धी निर्णयको नपठाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै कारबाहीको चेतावनीसहित आदेश जारी गरेको छ।

भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले भ्रष्टाचार मुद्दाको फाइल १५ दिनभित्र उपलब्ध गराउन आदेश दिँदै उपलब्ध नगराए कारबाही हुने चेतावनी दिएको हो।
बिहिबार न्यायधीशद्वय सपना प्रधान मल्ल र ईश्वरी खतिवडाको इजलासले गोविन्दराज जोशीको आयोगकै सचिवलाई १५ दिनभित्र उपस्थति हुन आदेश अदालतलाई कागजात नबुझाउनु आपत्तिजनक भन्दै कारवाही तथा सजाय किन गर्नु नपर्ने भन्ने स्पष्टिकरण समेत अख्तियार अधिकारीलाई सोधिएको छ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा गोविन्दराज जोशीसमेत ६ जना, ताराराज पाण्डे, दिनेशराज जोशी, बासुदेव पन्तलगायतको मुद्दामा अख्तियारले फाइल नपठाएको हो। अख्तियारले कांग्रेस नेता जोशीविरुद्ध २०६० असोजमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो।

विशेष अदालतले सफाइ दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदनका गरेको थियो। सर्बोच्चले २०७१ असोज २९ गते नै सो मुद्दा सम्बन्धित ०६० को अभिलेख पठाउन आदेश दिएको थियो। त्यसयता पटक(पटक अटेरी गरेको र भेटिएन भन्दै पन्छिएको आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
Advertisement