पत्रकार श्रेष्ठलाई हाजिरी जमानीमा रिहा गर्ने सर्वाेच्चको आदेशमा के–के छ ? (आदेशसहित)

पत्रकार श्रेष्ठलाई हाजिरी जमानीमा रिहा गर्ने सर्वाेच्चको आदेशमा के–के छ ? (आदेशसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासतमै राखेर मुद्दाको अनुसन्धान गर्नुपर्ने विद्यमानता नरहेकाले हाजिरी जमानीमा रिहा गरेर मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई परमादेश दिएको छ ।

प्रहरीले वैयक्तिक गोपनीयता विरुद्धको कसूरमा अनुसन्धान गर्न पाउने भए पनि हिरासतमै राख्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ ।

पत्रकार किशोर श्रेष्ठको तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको रिटमा सर्वाेच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले परमादेश जारी गरेको छ । परमादेशमा बन्दीप्रत्यक्षीकरणको रिट जारी नहुने भए पनि पत्रकार श्रेष्ठलाई रिहा गर्न परमादेश भएको छ । रिटमा काठमाण्डु जिल्ला अदालत र जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डुलाई विपक्षी बनाइएको थियो ।

हेर्नुहोस् संक्षिप्त आदेश –