पत्रकार किशोर श्रेष्ठको मागबमोजिम उच्च अदालत पाटनबाट अन्तरिम आदेश

पत्रकार किशोर श्रेष्ठको मागबमोजिम उच्च अदालत पाटनबाट अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष एवं सम्पादक किशोर श्रेष्ठको मागबमोजिम अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार पत्रकार श्रेष्ठलाई पक्राउ नगर्न र कुनै पनि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गर्न सक्ने र वैयक्तिक स्वतन्त्रतामा असर पर्न सक्ने भन्दै श्रेष्ठले निषेधाज्ञाको माग गर्दै रिट दायर गरेकोमा अदालतले अन्तरिम आदेश दिँदै कारण देखाऊ आदेश जारी गरेको छ ।

उच्च अदालतले जनआस्था साप्ताहिकमा प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिल नेपालमा उजुरी परेको र सो विषयमा काउन्सिलले कारबाही अघि बढाइसकेको स्मरण गराउँदै सोको टुंगो नलागेको अवस्थामा प्रहरीले धरपकड गर्नु न्यायोचित नहुने ठहर गरेको छ ।