कोशीको विवाद फेरि सर्वाेच्च अदालत पुग्यो, मुख्यमन्त्रीलाई प्राप्त विश्वासको मतमाथि प्रश्न


काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा विश्वासको मत लिँदा देखिएको विवाद फेरि सर्वाेच्च अदालत पुगेको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की रिट निवेदन बोकेर सर्वाेच्च अदालत पुगेका छन् । अदालतले रिट अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाएको छ ।

विश्वासको मत लिने प्रस्तावमाथि छलफल भइरहेको प्रदेशसभा बैठकका सभाध्यक्ष इसराइल मन्सुरीले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत लिएपछि विवाद उत्पन्न भएको हो । एमालेले तत्कालै नाराबाजी गरेपछि सभाध्यक्ष मन्सुरीले नाराबाजीकै बीचमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए ।

यसअघि तत्कालीन सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा थापा नियुक्त भएपछि सर्वाेच्च अदालतले नै नियुक्ति बदर गरिदिएको थियो । त्यसपछि सभामुख गौतमलाई राजीनामा गराएर दाबी पेश गर्न आवश्यक संख्या पुर्‍याई सरकार गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement