कोशी विवादमा सर्वाेच्चमा भोलि पेशी, एमाले नेतालाई सोझै मुख्यमन्त्री नियुक्त गर्न माग


काठमाण्डु – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा भएको विवादको विषय सम्बन्धी रिट सर्वाेच्च अदालतमा दर्ता भएको छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै अब प्रदेशसभाको ठूलो दलको हैसियतले एमाले नेतालाई सोझै मुख्यमन्त्री नियुक्त गर्न आदेश गर्न माग गरेका छन् ।

विश्वासको मत लिँदा सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको दाबी रिटमा गरिएको छ । सर्वोच्च अदालतले रिट दर्ता गरेर भोलि बिहीवारका लागि पेशी तोकेको छ ।

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष इसमाइल मन्सुरीले मतदान गरेर बहुमत पुर्‍याइएको थियो । एमालेले त्यतिबेलै प्रदेश सभामा नाराबाजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement