नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, आज १० हजार २५८ जनामा संक्रमण पुष्टि


काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा १० हजार जनामो कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । त्यस्तै आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

कोरोनाको हटस्पट काठमाण्डु

कोरोनाको तेस्रो लहर बढिरहँदा काठमाण्डु उपत्यका हट स्पट बनेको छ । केही दिनयता दोब्बरभन्दा बढीको दरले कोरोना संक्रमित थपिँदा इपिसेन्टर भने उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुर भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सोमबार मात्रै ४ हजार नयाँ संक्रमित थपिएका थिए । तर मंगलबार त्यो संख्या २ हजारले बढेको छ । मन्त्रालयका अनुसार काठमाण्डु जिल्लामा ४ हजार ४ सय, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement