भारतमा कोरोना संक्रमितकाे संख्या एक करोड ५३ लाख नाघ्यो


एजेन्सी – भारतमा कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ५३ लाख बढी मानिस संक्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म एक करोड ५३ लाख २१ हजार ८९ जना कोरोना सङ्क्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार १७० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा एक हजार ७६१ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ८० हजार ५३० पुगेको छ ।

भारतमा हालसम्म सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या एक करोड ३१ लाख ८ हजार ५८२ पुगेको छ । गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ७० भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

सोमबार मात्रै १५ लाख १९ हजार ४८६ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २० सम्म कूल २६ करोड ९४ लाखभन्दा बढीले कोरोना परीक्षण छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका १६१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement