मंगलबार १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु


काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ हजार ४० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ ।

आज ८ कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार ३३७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement