सोमबार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, २५ सय ४० जना निकाे भए


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा निको हुनेको संख्या भने २५४० जना रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement