कोरोना विरुद्धको ४ लाख ९२ हजार डोज खोप नेपाल आइपुग्यो


काठमाण्डु – स्वीजरल्याण्ड सरकार र कोभ्याक्स सुविधाअन्तर्गतको ४ लाख ९२ हजार डोज कोरोना विरुद्धको एस्ट्राजेनेकाको खोप काठमाण्डु आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज र स्वीजरल्यान्ड सरकारले १ लाख ४४ हजार डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ । उक्त खोप बुधबार राति कतार एयरवेजको जहाजमार्फत आएको हो ।

कोभ्याक्स सुविधामार्फत र स्वीजरल्याण्डले अनुदानमा उपलब्ध गराएको उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको खोप भण्डार केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement