डीआईजी गौतम एआईजी बढुवाका लागि सिफारिस


काठमाण्डु – सशस्त्र प्रहरीमा रिक्त एक एआईजी पदमा चन्द्रप्रकाश गौतमको बढुवा सिफारिस भएको छ । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको बैठकले रिक्त एक एआईजी पदमा वरियतामा अघि रहेका डीआईजी गौतमलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि डीआईजी वंशिधर दाहाल र किशोर प्रधान समेत दौडमा थिए । तर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवामा वरियता नमिच्ने अडान लिएपछी गौतमको बढुवा सिफारीस भएको हो ।

गौतम सेनाबाट सशस्त्रमा आएका अधिकारी हुन् । सशस्त्रमा यसअघि रिक्त एआईजी पदमा नारायणदत्त पौडेल बढुवा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement