सीपी मैनाली चढेको कार दुर्घटना, हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी


काठमाडौं – नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा बर्दिवास नगरपालिका–३ चिसापानीमा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मैनालीसहित ५ जना घाइते भएको र घाइते मध्ये मैनालीको अवस्था गम्भीर रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा सोही कारमा सवार मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् । मैनालीसहितका घाइतेहरुको बर्दिवासमा रहेको जनसेवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महासचिव मैनालीलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लैजाने तयारी भइरहेको नेकपा केन्द्रिय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement