चिनियाँ कम्युनिष्ट पार्टीका नेताले नेपालका शीर्ष नेताहरुसँग जुम बैठक गर्दै


काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका राजनीतिक दलका नेताहरुसंग अन्र्तक्रिया गर्ने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग आज दिउँसो जुम बैठक गर्ने कार्यक्रम छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १ सय वर्षको अवसरमा चीनले नेपालका प्रमुख पार्टीका शिर्ष नेताहरुसंग छलफल गर्न लागेको हो । यसअघि पनि उनिहरुले नेपालका पार्टीहरुसंग छलफल गर्दै आएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट विदेश विभागका प्रमुख सोङ ताव र उपमन्त्री चेन झोउ सहभागी हुनेछन् भने नेपालबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन् ।

उक्त छलफलमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना पनि जुम बैठकमा सहभागी हुने बताइएको छ ।

चिनियाँ पक्षले नेपालमा फैलिरहेको कोरोना भाइरसको महामारी र त्यसविरुद्ध लड्का लागी चाहिने आवश्यक सहयोगको बारेमा समेत उक्त अवसरमा छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement