कांग्रेस बैठक : सरकार पूर्वाग्रही भएर सांसद शर्मालाई पक्राउ गर्‍यो


काठमाण्डु – नेपाली कांग्रेसले सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ। शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर सांसद शर्मा पक्राउ परेकाे ठहर गरेका हुन् ।

सांसद अर्जुननरसिंह केसीले सांसद शर्मा पक्राउ शंकास्पद रहेको बताए। ‘सुन प्रकरणमा अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको हुनाले सांसद शर्मालाई पक्राउ गरिएको त होइन?,’ केसीले आश‌ंका व्यक्त गरे। सांसद शर्माले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विषय राखेका थिए।

सांसद श्याम घिमिरेले शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस
Advertisement