काठमाण्डु – नेकपा एमालेले स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छिन् खोजेको आरोप लगाएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै सरकार आफ्नो दायित्वबाट पन्छिन २०७९/०८० को बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।
उनले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
नेता भट्टराईले बीमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रमलाई सुचारु गर्न सरकारसँग माग गरेका छन् । साथै एमालेले बजेट वक्तव्यमार्फत् आएको जनविरोधी नीति फिर्ता लिन समेत माग गरेको छ ।





प्रतिक्रिया